सरकारले भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनमा शहिद भएका परिवारलाई १५ लाख रुपैयाँ क्षतिपूर्ति र राहत दिने भएको छ।

सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले मृतकहरूलाई सहिद घोषणा गर्ने र राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गर्ने निर्णय गरेको छ।

यसअघि प्रत्येक मृतकका परिवारलाई १० लाख रुपैयाँ दिने घोषणा गरेकोमा आज बसेको मन्त्रीपरिषद् बैठकले थप ५ लाख रुपैयाँ दिने निर्णय भएको गृह तथा कानुन मन्त्री ओमप्रकाश अर्यालले बताएका छन्।

ज्यान गुमाएका व्यक्तिहरूका शवलाई सम्बन्धित जिल्ला र पालिकासम्म पुर्‍याउन सरकारले सहजीकरण गर्ने निर्णय गरेको उनले बताए। त्यसका लागि हेलिकप्टर सहितका साधन उपलब्ध गराइने भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *