सरकारले आगामी असोज १ गते शोक बिदा दिने निर्णय गरेको छ। जेन जेड आन्दोलनमा मारिएकाहरूप्रति शोक मनाउन बिदा दिने निर्णय आज बसेको मन्त्रीपरिषद् बैठकले गरेको हो।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय शोक मनाउँदै असोज १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए।

उक्त दिन राष्ट्रिय झन्डा झुकाइने उनले बताए। जेनजी आन्दोलनमा सहिद भएकाहरूको सम्मानमा तीन दिन राष्ट्रिय शोक मनाउने निर्णय सरकारले गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *