सोमबार बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा कम्पनीको आईपीओ बाँडफाँट भएको हो।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ४३ करोड ४१ लाख ८ हजार रुपैयाँ बराबरको ४३ लाख ४१ हजार ८० कित्ता शेयर गत भदौ ११ गतेदेखि १५ गतेसम्म सर्वसाधारणका लागि निष्काशन गरेको थियो। सो शेयरमा कुल २४ लाख २२ हजार १७७ जनाले २ करोड ७६ लाख ३७ हजार ७२० कित्ता शेयरका लागि आवेदन दिएका थिए। जसमध्ये २४ लाख २२ हजार १७७ आवेदन स्वीकृत भएको थियाे।
मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथा प्रक्रियामार्फत कम्पनीको आईपीओ बाँडफाँट गरिएको छ। जस अनुसार ४ लाख ३४ हजार १०८ सय आवेदकले १०।१० कित्ताका दरले कम्पनीको शेयर हात पार्ने प्रबन्धकले जनाएका छन्।
