नारायणगढ-मुग्लिन सडकखण्डको तुइन खोलामा पहिरो खसेको छ। शुक्रबार साँझ ६:०० बजेदेखि रातभर पटक-पटक गरी खसेको पहिरोले १०० मिटर सडक ढाकेको छ।

निरन्तर पहिरो खसिरहेकाले रातको समयमा पहिरो पन्छाउन सकिएको थिएन। बिहान उज्यालो भएसँगै पहिरो पन्छाउने काम शुरु गरिएको छ। 

दुवैतर्फबाट एकएक वटा लोडरले पहिरो पन्छाउने काम थालेका छन्। नारायणगढतर्फ सेती दोभान क्याम्पमा रहेको एउटा स्काभेटर पनि पठाइएको डिभिजन सडक कार्यालय चितवनका प्रमुख नारायण लामिछाने बताए।

पहिरो ठूलो भएको र ढुङ्गा झरिरहेकाले थप पहिरो नखसेमा चार घण्टामा सडक सफा गरेर सवारी सञ्चालन गर्न सकिने अनुमान गरिएको उनको भनाइ छ।

शुक्रबार साँझ ६:०० बजेपछि सडक बन्द भएकाले यात्रुहरू रातभर सडकमा बस्न बाध्य भएका छन्। पहिरो खसेको ठाउँ मुग्लिनबाट २.५ किलोमिटर नारायणगढतर्फ पर्छ।   

Leave a Reply

Your email address will not be published. Required fields are marked *