नेपाली राष्ट्रिय महिला क्रिकेट टोली ५ टि ट्वान्टी आई सिरिजका लागि मलेसिया जाने भएको छ। नेपाल र मलेसिया महिला राष्ट्रिय क्रिकेट टोलीबीच असोज १६ देखि २२ गते (अक्टोबर २ देखि ८) सम्म टि ट्वान्टी सिरिज हुनेछ।
त्यसअघि असोज ८ देखि १४ गते (सेप्टेम्बर २४ देखि ३०) सम्म हुने मलेसियन सुपर उमन्स सिरिजमा नेपाली टोलीका खेलाडीले ५ फरक टोलीबाट खेल्नेछन्।
मलेसियासँगको सिरिज र सुपर सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान) शनिवार १४ सदस्यीय टोलीको घोषणा गरेको हो।जसमा इन्दु बर्मा, पुजा महतो, राजमती ऐरी, सम्झना खड्का, कविता जोशी, रिया शर्मा, सोमु विष्ट, रचना चौधरी, रुबी पोद्दार, यशोदा विष्ट, सावित्री धामी, कविता कुँवर, रुबिना क्षेत्री र सीता राना मगर रहेका छन् ।


