मुग्लिन–नारायणगढ सडकखण्ड आज दिउँसो दुई घण्टा बन्द हुने भएको छ। तुइन खोला पुल नजिक खसेको पहिरो हटाउन सडक बन्द गर्न लागिएको हो।

सडक डिभिजन कार्यालय भरतपुरले आज दिउँसो १ बजेदेखि ३ बजेसम्म दुई घण्टा सडक बन्द गरेर बाँकी पहिरो पन्छाउन लागिएको जनाएको छ।

कार्यालयले सडक बन्द भएको र सञ्चालनमा रहेको बेलामा पनि लेन अनुशासनमा रहेर गाडी चलाउन चालकहरुसँग अनुरोध गरेको छ।

मुग्लिनबाट झन्डै साढे दुई किलोमिटर टाढा रहेको तुइनखोला पुल नजिकै एकतर्फी मात्रै गाडी सञ्चालन भएकाले लेन अनुशासन पालना गर्न कार्यालयले आग्रह गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *