सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले पदभार ग्रहण गरेलगत्तै आफ्नो पहिलो निर्णय सार्वजनिक गरेका छन्।

उनले देशका प्रमुख १० वटा शहरका सार्वजनिक स्थलमा आगामी ५ महिनाभित्र नि:शुल्क इन्टरनेट सेवा उपलब्ध गराउने घोषणा गरेका हुन्। आजै मन्त्रालयको पदभार ग्रहण गरेका मन्त्री खरेलले पहिलो निर्णयमा यो व्यवस्था गर्न भनेका हुन्।

पदभार ग्रहणका लागि पुगेका मन्त्री खरेलले सुरुमा कर्मचारीले ल्याएको प्रस्तावमा केही थप गर्न लगाएर ल्याउन भनेका थिए।निर्णय अनुसार काठमाडौँ बाहिरका प्रमुख १० वटा शहरका प्रमुख सार्वजनिक स्थलमा इन्टरनेट सेवा उपलब्ध गराइनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *