अत्यधिक वर्षाका कारण रोशी खोलामा आएको बाढीले काभ्रे जिल्लाको बीपी राजमार्ग अन्तर्गतका डाइभर्सन बगाउन थालेको छ।
गत वर्ष असोज १२ गते आएको बाढीले राजमार्ग नै बगाएपछि बनाइएका अस्थायी डाइभर्सन शुक्रबारदेखि परेको वर्षापछिको बाढीले बगाउन थालेको हो।
काभ्रेको उच्च पहाडी क्षेत्रमा निरन्तर वर्षा भएपछि रोशी खोलाको सतह बढ्दा बीपी राजमार्गका डाइभर्सन बगाउन थालेको काभ्रे प्रहरीले जनाएको छ।
भकुण्डेबेसीदेखि तलतिर चौकीडाँडाको डाइभर्सन रोशी खोलाले बगाइसकेको छ। त्यस्तै, खार्पाचोक बेसी, बोक्सीकुना, मंगलटार आसपास बनाइएको डाइभर्सन पनि बगाएको प्रहरीको भनाइ छ।
