निर्वाचन आयोगले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावको कार्यक्रम सार्वजनिक सार्वजनिक गरेको छ। निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फको उम्मेदवारी मनोनयन, उम्मेदवारी फिर्ता, दाबी विरोध लगायतका कार्यक्रम सार्वजनिक गरेको हो।

प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन पत्रको दर्ता आउँदो माघ ६ गतेलाई तोकिएको छ। निर्वाचन अधिकृतको कार्यालयमा बिहान १०:०० बजेदेखि बेलुका ५:०० बजेसम्म उम्मेदवारको मनोनयन पत्र दर्ता गरिने आयोगले जनाएको छ। त्यही दिन बेलुका ५:०० बजेदेखि ७:०० बजेको अवधिमा उम्मेदवारको सूची प्रकाशित गरिनेछ।

माघ ७ गते बिहान १०:०० बजेदेखि दिउँसो ३:०० बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिन सकिनेछ। उजुरीमाथि जाँचबुझपछि माघ ८ गते बेलुका ५:०० बजेदेखि ७:०० बजेसम्म उम्मेदवारको नामावली प्रकाशित गरिनेछ।

उम्मेदवारीबाट नाम फिर्ता लिनका लागि माघ ९ गते बिहान बिहान १०:०० बजेदेखि १:०० बजेसम्मको समय तोकिएको छ। त्यही दिन दिउँसो ३:०० बजेभित्र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेर चुनाव चिन्ह प्रदान गरिने छ।

यस्तै समानुपातिकतर्फको निर्वाचन कार्यक्रम मङ्सिर २० गतेदेखि शुरू हुने निर्वाचन आयोगले जनाएको छ। समानुपातिक निर्वाचन प्रणालीमा भाग लिन चाहने दलले मङ्सिर २१ गते बिहान १०:०० बजेदेखि २३ गते दिउँसो ४:०० बजेसम्म आयोगमा निवेदन दिनुपर्नेछ।

मङ्सिर २४ गते निवेदन दिएका राजनीतिक दलहरुको नामावली प्रकाशित गरिनेछ। पुस १३ र १४ गते बिहान १०:०० बजेदेखि ४:०० बजेसम्म राजनीतिक दलहरुले समानुपातिक तर्फका उम्मेदवारको बन्द सूची पेश गर्ने र माघ २० गते उम्मेदवारको अन्तिम बन्द सूची प्रकाशन गर्ने कार्यतालिका छ।

स्वीकृत निर्वाचन कार्यक्रमअनुसार फागुन २१ गते बिहान ७:०० बजेदेखि बेलुका ५:०० बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *