मधेश प्रदेशसभाका सभामुख रामचन्द्र मण्डल बुधबारदेखि पदमुक्त भएका छन्। उनीविरुद्ध महाअभियोग प्रस्ताव पारित भएसँगै पदमुक्त भएका हुन्। मधेश प्रदेशसभाको बैठकमा प्रस्तावउपर छलफल भई मत विभाजन प्रक्रियामार्फत दुई तिहाइ बहुमतले उनलाई पदमुक्त गरेको हो।

प्रस्तावको पक्षमा ७६ सांसदले मतदान गरेका थिए। प्रदेशसभाकी उपसभामुख बबिता कुमारी राउत ईशरले सभामुख मण्डल पदमुक्त भएको घोषणा गरेकी हुन्। आजको प्रदेशसभा बैठकमा कूल ७८ सांसदको उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *