बर्दियाको गेरुवा गाउँपालिका – ५ विन्द्रास्थित सरस्वती आधारभूत विद्यालयलाई तिन तारे विद्यालय घोषणा गरिएको छ।

२०४६ सालमा स्थापना भएको विद्यालयले खानेपानी, सरसफाइ तथा स्वच्छतासम्बन्धमा निर्धारण गरिएका १० सूचक पूरा गरेपछि गाउँपालिकाले प्रमाणिकरण गरी तीनतारे विद्यालय घोषणा गरेको हो ।

विद्यालयको ३६ औँ वार्षिक उत्सवको अवसरमा लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्रि जन्मजय तिमिल्सिनाको प्रमुख आथित्यतामा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष जमान सिंह केसी र उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले विद्यालयका प्रधानाध्यापक योगेन्द्र चौधरीलाई प्रमाणीकरण प्रमाण-पत्र प्रदान गरेका थिए।

गाउँपालिकाले विद्यालयस्तरमै खानेपानी, सरसफाइ, स्वच्छता शिक्षा, महिनावारी स्वच्छता व्यवस्थापन, विपद् जोखिम व्यवस्थापन लगाएत १० सूचक समेटिएको कार्यविधि तयार गरी कार्यान्वयनमा ल्याएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *