नेपाल क्रिकेट संघ (क्यान)ले दृष्टिविहीन महिला टि-२० विश्वकप क्रिकेटमा उपविजेता बनेको नेपाली टोलीलाई सम्मान गरेको छ।
कीर्तिपुरस्थित टियु मैदानमा जारी दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा लुम्बिनी लायन्सले र काठमाडौँ गोर्खाजको खेल अघि क्यानले क्याबलाई १० लाख रुपैयाँ प्रदान गरेको हो।
क्यानका सचिव पारस खड्काले टोलीलाई चेक हस्तान्तरण गरेका थिए। लुम्बिनी र काठमाडौँका खेलाडीले दृष्टिविहीन टोलीका खेलाडीलाई हात मिलाउँदै बधाई दिएका थिए।
भारत र श्रीलङ्कामा संयुक्त रूपमा आयाेजना भएकाे पहिलाे संस्करणकाे प्रतियाेगितामा नेपाली टाेली फाइनलमा भारतसँग पराजित हुँदै उपविजेता बनेकाे थियाे। टोली सोमबार स्वदेश फर्केको थियो।
हिजो साँझ प्रधानमन्त्री सुशीला कार्कीले टोलीलाई बधाईलाई भेटेर बधाई दिएकी थिइन्।
