देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार अहिले सुदूरपश्चिम प्रदेशमा मौसम मुख्यतया सफा रही बाँकी प्रदेशमा आंशिक बदली रहेको छ। तराईका धेरै स्थानहरूमा हुस्सु लागेको छ। आज दिउँसो र राति देशभर मौसम मुख्यतया सफा रहने छ।
देशका तराई भूभागमा हुस्सु तथा कुहिरोको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा बिहानको समयमा आंशिक प्रभाव पर्न सक्ने महाशाखाले जनाएको छ।
आज सूर्योदय बिहान ६ बजेर ५१ मिनेटमा भयो भने सूर्यास्त साँझ ५ बजेर १५ मिनेटमा हुनेछ।
