हुम्ला। सर्केगाड गाउँपालिका–२ मा आगलागी हुँदा जलेर दुई जना घाइते भएका छ। आगलागीबाट पाँच घर जलेको स्थानीय विजय फडेराले जानकारी दिए।
फडेराका अनुसार गएराति लैबा फडेरोको घरबाट अचानक सुरु भएको आगलागीमा परेर स्थानीय लैबा फेडेरा र बम्बु फडेर घाइते भएका छन्। आगोमा परेर दुवैजनाको शरीर निकै जलेको छ। घाइते दुवैजनालाई थप उपचारका लागि राति नै एम्बुलेन्सबाट जिल्ला अस्पताल सिमकोटमा ल्याइएको छ।
आगलागीबाट स्थानीय लैबा फडेरा, जयराम फडेरा, क्रान्ति फडेरा, रमेश महतारा र मोहन महताराको घरमा क्षति पुगेको छ। क्षतिबारे आँकलन गर्न नसकिएको आगो निभाउनमा खटिएका स्थानीय विजय फडेराले बताए। स्थानीयको पहलमा आगो निभाइएको उनको भनाइ छ।
अगालागीको जानकारी पाउने बित्तिकै सर्केगाड प्रहरी चौकीबाट सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णु श्रेष्ठले बताए। उनले भने,‘अहिले आगो निभाइसकिएको छ।’ घाइतेको उपचार भइरहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. उमाकान्त तिवारीले जानकारी दिए।
