नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टी आउँदो फागुन २१ गते हुने चुनावमा भाग लिने तयारीमा जुटिसकेको बताएका छन्।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलसँग आज आफ्नै निवासमा भएको भेटमा उहाँले चुनावमा भाग लिने निर्णय आफ्नो पार्टीले गरेको र कांग्रेसको प्राथमिकतामा पनि निर्वाचन नै भएको बताए।
साथै सभापति देउवाले स्वतन्त्र एवम् निष्पक्ष रूपमा चुनाव सम्पन्न गर्न सरकारले उचित वातावरण बनाउनुपर्ने सुझाव दिएको राजनीतिक संवाद समितिका सदस्य समेत रहेका मन्त्री खरेलले बताए।
