सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्।
ओली निवास भक्तपुरको गुण्डु पुगेर मन्त्री खरेलले भेट गरेका हुन्। भेटमा आउँदो चुनाव, चुनावका लागि बनिरहेको वातावरण तथा राजनीतिक सहमतिको विषयमा छलफल भएको बताइएको छ।
सरकारले प्रमुख तीन दलका शीर्ष नेतासँग छुट्टाछुट्टै भेट गरि चुनावलाई स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउने प्रतिबद्धता जनाउने प्रयास गरेको छ।
यसअघि आजै सञ्चार तथा सूचना प्रविधिमन्त्री खरेलले कांग्रेसका सभापति शेरबहादुर देउवासँग बिहान भेटवार्ता गरेका थिए। मन्त्री खरेलले आजै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि छलफल गर्ने तयारी छ।
