काठमाडौँ महागरपालिकाका मेयर बोलन शाहले आफूले नेपाल हाँसेको हेर्न चाहेको बताएका छन्।
बालेनसहित राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) र उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङबिच आज आगामी निर्वाचनमा सँगै जाने सहमति भएको थियो।
सो सहमतिपछि शाहले यस्तो बताएका हुन्।
मेयर बालेन्द्रले कुलमानसँगको सहमतिपछि फेसबुकमा लेखेका छन्, ‘ म नेपाल हाँसेको हेर्न चाहन्छु।’ बालेनले केही समयअघि ‘म हाँसेको हेर्न चाहन्छु’ नामक गीत युट्युबबाट रिलिज भएको थियो।
उक्त गीत १० वर्षअघि नै रिलिज भए पनि पुन: रिभाइज गरेर ‘लाज शरणम’ फिल्मका लागि बनाइएको थियो।
