नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाको आउँदो निर्वाचन रुकुम-पूर्वबाट लड्ने घोषणा गरेका छन्।
रुकुम पश्चिममा अहिले चलिरहेको नेकपाको एकता सन्देश सभालाई सम्बोधन गर्दै प्रचण्डले आउँदो चुनाव रुकुम-पूर्वबाट लड्ने घोषणा गरेका हुन्।
उनले भने, ‘म पूर्वी-रुकुमबाट चुनाव लड्ने छु, पूर्वी-रुकुमबाट चुनाव लड्ने भनेपछि पश्चिम-रुकुम पनि आइरहन्छु भन्ने बुझिराख्नुहोला।’
यसअघि २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रचण्ड कहाँबाट उम्मेदवार हुने भन्ने सार्वजनिक भएको थिएन। उनलाई करिब आधा दर्जन जिल्लाले उम्मेदवार बन्ने सिफारिस गरेका थिए।
