सिरहाको कल्याणपुर नगरपालिकाका तत्कालीन मेयर रामपुकार साहलाई विशेष अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ।
न्यायाधीश सुदर्शनदेव भट्ट, हेमन्त रावल र उमेश कोइरालाको संयुक्त इजलासले भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार फैसला गरेको हो। अदालतले साहलाई एक लाख रुपैयाँ जरिवाना र ६ महिना कैद सजाय सुनाएको छ।
साहलाई गएको असार ३२ गते कल्याणपुर–६ मा नाला निर्माण योजनाको भुक्तानी चेक दिने क्रममा उपभोक्ता समितिका प्रतिनिधिबाट एक लाख रुपैयाँ घुस लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयाेग अनुसन्धान आयागेले पक्राउ गरेको थियो।
