नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ। बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवन सानेपामा बस्ने काँग्रेस सचिवालयले जनाएको छ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहरू र सात वटै प्रदेशका सभापतिहरूको उपस्थितिका लागि अनुरोध गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

कांग्रेसका विशेष महाधिवेशन पक्षधरहरुको आह्वानमा यही पुस २७ र २८ गते काठमाडौंको भृकुटीमण्डपमा आयोजित विशेष महाधिवेशनको बन्दसत्र मङ्गलबार जारी रहेको छ।

संस्थापनको विरोधकाबीच पार्टी महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले आह्वान गरेको विषेश महाधिवेशन जारी रहेको छ। उक्त महाधिवेशनले पार्टीको नीति र नेतृत्व बदल्ने बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *