बजारमा खाना पकाउने एलपी ग्यासको चरम अभाव भइरहेका बेला हरिसिद्धिस्थित श्रीराम ग्यास उद्योगको डिपोमा ठूलो परिमाणमा ग्यास स्टक गरेर राखिएको फेला परेको छ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको नेतृत्वमा गएको बजार अनुगमन टोली उद्योगको डिपोमा पुग्दा १४.२ केजीका ६ हजार ३ सय ७७ वटा भरिएका ग्यास सिलिन्डर स्टोर गरेर राखिएको फेला पारेको हो।

उपभोक्तालाई मर्का पर्ने गरी ग्यासको कृत्रिम अभाव सिर्जना गरेको ठहर गर्दै उपभोक्ता संरक्षण ऐन २०७५ को दफा १६ बमोजिम ‘अनुचित व्यापारिक क्रियाकलाप’ गरेको कसुरमा उद्योगलाई सोही ऐनको दफा ३९ (१) (ख) बमोजिम ३ लाख रुपैयाँ तत्काल जरिबाना गरिएको छ।

विभागले जरिबाना मात्र नगरी मौज्दात अवस्थामा रहेका सबै ६ हजार ३ सय ७७ वटा सिलिन्डरहरू नेपाल आयल निगमको समन्वयमा आजकै मितिदेखि उपभोक्तालाई बिक्री वितरण गर्न निर्देशन दिएको छ।

सहज रूपमा ग्यास आपूर्ति हुनुपर्नेमा श्रीराम ग्यास उद्योगको डिपोले अनावश्यक रूपमा सिलिन्डर जम्मा गरी कृत्रिम अभाव सिर्जना गरेको र उपभोक्तालाई मार्का पारेको विभागका महानिर्देशक रोशन ज्ञवालीले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *