पूर्वमिस नेपाल अनुष्का श्रेष्ठ रास्वपाको आदिवासी जनजाति क्लस्टरबाट समानुपातिक सांसदमा सिफारिस भएकी हुन्। अनुष्काले सन् २०१९ मा मिस नेपालको उपाधि जितेकी थिइन्। योसँगै उनले ‘मिस वर्ल्ड’ मा ‘ब्युटी विथ पर्पस’ र मल्टिमिडिया अवार्ड जितेकी थिइन्। मिस नेपालको इतिहासमा नै अनुष्का पहिलोपटक सांसद बन्दैछिन्।
मिस नेपालपछि भने उनको यात्रा व्यवसायतिर मोडियो। उनले स्थानीय डेजर्ट ब्रान्ड माकुसी चलाउँछिन्। जसबाट उनी एक सफल महिला उद्यमीको रुपमा स्थापित भइन्। स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्ने काममा सक्रिय अनुष्का दक्षिण एसियाका उत्कृष्ट १० महिला उद्यमीमा परेकी थिइन्।
यसबाहेक उनले काठमाडौँ महानगरपालिकाको सल्लाहकारका रूपमा स्वयंसेवी भूमिकामा काम गरिसकेकी छ्न्। बालेनले नै समानुपातिकमा उनको नाम सिफारिस गरेको रास्वपा नेताहरू बताउँछन्। उनै अनुष्का अब संसद्को यात्रा तय गर्दै छिन्।
