नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाललाई पक्राउ गरेको छ। सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा ब्युराेले शुक्रबार अग्रवाललाई काठमाडौंबाट पक्राउ गरेकाे हाे।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा अग्रवालविरुद्ध अनुसन्धान भइरहेकाे छ। विभागले यसैकाे अनुसन्धानका क्रममा पक्राउ गरी उपस्थित गराइदिन ब्युराेलाई पत्र पठाएकाे थियाे। 

व्यापारी दीपक भट्ट सम्पत्ति शुद्धीकरणको मुद्दामा पक्राउ परेसँगै शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ परेका हुन्।