सरकारले राष्ट्रिय योजना आयोगमा ६ नयाँ सदस्य नियुक्त गरेको छ। योजना आयोग उपाध्यक्षमा डा. गुणाकर भट्टलाई नियुक्त गरेको केही दिनपछि सरकारले ६ सदस्य थप गरेको हो।
थपिएका सदस्यमा अर्जुनजंग थापा, प्रा. डा. सञ्जय आचार्य, डा. देवेन्द्र गौचन, रेशु अर्याल, प्रा. डा. सुदन झा र डा. पुकार मल्ल छन्।
सदस्य नियुक्त थापा भौतिक मन्त्रालयका पूर्वसचिव हुन् भने प्राडा आचार्य त्रिभुवन विश्वविद्यालयका अर्थशास्त्रका प्राध्यापक हुन्।
त्यस्तै डा. गौचन ‘इन्स्टिच्युट फर इन्टिग्रेटेड डेभलपमेन्ट स्टडिज’का सिनियर फेलो हुन्। अर्याल शिक्षाविद् हुन्।
प्रा. डा. झा काठमाडौँ विश्वविद्यालयका कम्प्युटर साइन्स एन्ड इन्जिनियरिङका प्राध्यापक हुन् भने डा. मल्ल गभर्नेन्स ल्याबका सहसंस्थापक तथा अध्यक्ष हुन्। उनी नेपाल लिडरसिप एकेडेमीका कार्यकारी कोच पनि हुन्।
