सरकारले ‘राष्ट्रिय प्रतिबद्धता’ को मस्यौदा सार्वजनिक गरेको छ। प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने ६ दलका घोषणापत्रका आधारमा सरकारले १८ बुँदे मस्यौदा सार्वजनिक गरेको हो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मस्यौदाका सम्बन्धमा यही वैशाख १० गतेभित्र राजनीतिक दलबाट राय/सुझाव माग गरेको छ। त्यसपछि राय सुझावका आधारमा यसलाई अन्तिम रूप दिइने सचिवालयको भनाइ छ।

बालेन्द्र शाह (बालेन) को नेतृत्वमा नयाँ सरकार गठन भएपछि गएको चैत्र १३ गते शासकीय सुधारसम्बन्धी १०० कार्यसूची सार्वजनिक भएको थियो। यो कार्यसूचीको बुँदा नम्बर ३ मा फागुन २१ गतेको चुनावमा सहभागी सबै राजनीतिक दलका घोषणापत्र, वाचापत्र तथा प्रतिबद्धतापत्रलाई समेटेर राष्ट्रिय प्रतिबद्धता तयार गरी नेपाल सरकारको साझा स्वामित्व लिने विषय उल्लेख थियो।

प्रतिबद्धतापत्रमा आर्थिक, कृषि, ऊर्जा, पूर्वाधार विकास, रोजगारी, शिक्षा तथा स्वास्थ्य, सुशासन तथा भ्रष्टाचार नियन्त्रण, वन वातावरण तथा जलवायु परिवर्तन, प्रशासनिक सुधार तथा सेवा प्रवाह प्राथमिकतामा छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *