कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतम र नेपालका लागि चीनका राजदूत झाङ माओमिङबीच शिष्टाचार भेटवार्ता भएको छ।
भेटका क्रममा राजदूत माओमिङले मन्त्री गौतमलाई नयाँ जिम्मेवारीका लागि बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।
मन्त्री गौतमले भेटमा नेपाल सरकारको प्राथमिकतामा रहेका सुशासन प्रवर्द्धन, सामाजिक-आर्थिक विकास, डिजिटल रूपान्तरण तथा प्रभावकारी सार्वजनिक सेवा प्रवाहका विषयमा छलफल भएको जानकारी दिनुभयो।
त्यस अवसरमा नेपाल-चीनबीचको ऐतिहासिक मित्रता र आपसी साझेदारीलाई थप सुदृढ बनाउँदै लगानी, पर्यटन तथा कानुन र न्याय क्षेत्रको सहकार्य विस्तार गर्ने विषयमा सकारात्मक संवाद भएको बताइएको छ।
