पर्वतको फलेवास नगरपालिका–५ मा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ।
शुक्रबार (वैशाख ११) साँझ चट्याङ लागेर गम्भीर घाइते भएकी स्थानीय खानीगाउँकी ५५ वर्षीया सीता लामिछानेको उपचारका क्रममा प्रदेश अस्पताल पर्वतमा शनिबार (वैशाख १२) मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक राजनकुमार पटेलका अनुसार, घरभित्र बसिरहेको अवस्थामा एक्कासि चट्याङ पर्दा लामिछाने घाइते भई बेहोस भएकी थिइन्। उनलाई तत्काल उपचारका निम्ति प्रदेश अस्पताल लगिएको थियो। रासस
