सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले यही वैशाख १७ गतेका लागि प्रदेश सभाको आठौँ अधिवेशन (बजेट अधिवेशन) आह्वान गरेका छन्।

मुख्यमन्त्री कमलबहादुर शाहको सिफारिसमा प्रदेशका प्रमुख मियाँले १७ वैशाख अपराह्न ४ बजे बस्ने गरी अधिवेशन आह्वान गरेका हुन्। 

अधिवेशन आह्वानसम्बन्धी सिफारिस पत्र बुझाउन प्रदेश प्रमुखको धनगढीस्थित निवास पुगेका मुख्यमन्त्री र प्रदेश प्रमुखबीच समसामयिक विषयमा छलफल समेत भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *