नेपाली क्रिकेटका स्टार स्पिनर सन्दीप लामिछानेले एकदिवसीय अन्तर्राष्ट्रिय (ODI) क्रिकेटमा नयाँ विश्व कीर्तिमान कायम गरेका छन्।
विश्वकप लिग २ मा आज स्कटल्यान्डसँग सन्दीपले तीन विकेट लिँदै कीर्तिमान बनाएका हुन्। विश्वकप लिग २ मा आज स्कटल्यान्डसँग सन्दीपले तीन विकेट लिँदै कीर्तिमान बनाएका हुन्। सन्दीपले केवल ७३ खेलमै १५० विकेट पूरा गर्दै अस्ट्रेलियन बलर मिचल स्टार्कको नाममा रहेको कीर्तिमान भंग गरिदिए।
स्टार्कले सन् २०११ देखि २०१९ को बीचमा ७७ खेल खेल्दै १५० विकेट लिएर कीर्तिमान बनाएका थिए। यससँगै सन्दीप लामिछाने एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा इतिहासमा सबैभन्दा छिटो १५० विकेट लिने खेलाडी बनेका हुन्।
यसअघि पनि एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सबैभन्दा छिटो एक सय विकेट लिने कीर्तिमान सन्दीपकै नाममा रहेको छ।
सबैभन्दा छिटो १५० विकेट लिने ५ खेलाडी
१. सन्दीप लामिछाने (नेपाल) ७३ खेल
२. मिचेल स्टार्क (अस्ट्रेलिया) ७७ खेल
३. साक्लैन मुश्ताक (पाकिस्तान) ७८ खेल
४. राशिद खान (अफगानिस्तान) ८० खेल
५. मोहम्मद शामी (भारत) ८० खेल
