कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुनचाँदीको भाउ बढेको छ।

शुक्रबार सुनको भाउ तोलाको २ लाख ७९ हजार १०० रुपैयाँ रहेकोमा आज सुनको भाउ तोलामा ४ हजार ७०० रुपैयाँले बढेको हो। सुन आज तोलाको २ लाख ८३ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

त्यस्तै आज चाँदीको भाउ तोलामा १४५ रुपैयाँले बढेको छ। शुक्रबार तोलाको ४ हजार १८० रुपैयाँमा कारोबार भएको चाँदी आज तोलाको ४ हजार ३२५ रुपैयाँ पुगेको महासङ्घले जनाएको छ।