काठमाडौँको बुद्धनगरमा आत्मदाहको प्रयास गरेका ४५ वर्षीय अश्विन राउतको निधन भएको छ। राउतको वीर अस्पतालमा उपचारका क्रममा निधन भएको हो।
प्रहरीका अनुसार राउतको आफ्नो छोरासँगको विवादपछि आज विहान उनले भान्सामा गएर आत्मदाहको प्रयास गरेका थिए। घटनापछि उनलाई गम्भीर अवस्थामा वीर अस्पताल पुर्याइएको थियो। उनको शरीर ५५ प्रतिशत जलेको उपचारमा संलग्न डाक्टर पियुष दाहालले जानकारी दिए।
यसअघि बिहीवार त्रिपुरेश्वरमा आफ्नै शरीरमा आगो लगाएका गणेश नेपालीको हिजो उपचारका क्रममा निधन भएको थियो।
सर्लाहीमा आत्मदाह प्रयास गरेका ४२ वर्षीय विवेक मण्डलको भने अहिले कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ।
