पूर्व गृहसचिव पदमप्रसाद पोखरेलको निधन भएको छ।
बबरमहलस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचारका क्रममा गए राति ७८ वर्षको उमेरमा पोखरेलको निधन भएको हो। उनका १ छोरा र ३ छोरी छन्।
छोरा प्रदीप र छोरी रमिला अष्ट्रेलियाबाट काठमाडौँ आउँदैछन्। उनीहरू आइपुगेपछि अन्त्येष्टि गरिने भएको छ।
जेठी छोरी प्रमिला प्रहरीका पूर्वआईजीपी सर्वेन्द्र खनालकी पत्नी हुन्। माइली छोरी उर्मिला राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत छिन्।
