बर्दियामा भूमि प्रशासनको कार्यालयभित्रै मादक पदार्थ सेवन गरेको आरोपमा सरकारी कर्मचारीसहित ५ जना पक्राउ गरेका छन्।

जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमालले केही कर्मचारी पक्राउ परेको र अहिले उनीहरूको स्वास्थ्य परीक्षणको काम भइरहेको बताए।

कार्यालयको सेक्युरिटी बस्ने कोठाबाट केहीलाई नियन्त्रणमा लिइएको हो। उनीहरुलाइ सेवाग्राहीबाट प्राप्त गोप्य सूचनाको आधारमा जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको टोलीले मादक पदार्थ सेवन गरिरहेको अवस्थामा पाँच जनालाई पक्राउ गरेको हो।