आत्मदाह गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको घटनामा संघीय सरकार,स्थानीय तह र पीडित पक्षबीच ९ बुँदे सहमति भएको छ।

आइतबार काठमाडौँ प्रशासन कार्यालयमा भएको सहमतिमा घटनाको सत्यतथ्य र निष्पक्ष छानबिनका लागि पूर्वन्यायाधीशको संयोजकत्वमा स्वतन्त्र छानबिन समिति गठन गरिनेछ। समितिले सात दिनभित्र सरकारसमक्ष प्रतिवेदन पेश गर्ने बताइएको छ।

सहमतिमा छानबिन समितिको प्रतिवेदन र सिफारिसका आधारमा गणेश नेपालीलाई शहीद घोषणा गर्ने विषयमा प्रक्रिया अघि बढाउने पनि उल्लेख गरिएको छ।