काठमाडौंँ । सर्वोच्च अदालतले विहीबार स्वास्थ्य सेवाको अधिकृतस्तरको कर्मचारीको सेवा प्रवेश उमेरहद ४५ वर्ष कायम गर्न सरकारलाई अन्तरिम आदेश दिएको छ । न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले सरकारका नाममा अन्तरिम आदेश जारी गर्नुका साथै कारण देखाउ आदेशसमेत दिएको हो।
स्वास्थ्य सेवा ऐन, २०५३ ले अधिकृतस्तरको सेवा प्रवेशको उमेरहद ४५ वर्ष स्पष्ट रुपमा उल्लेख भए पनि पछिल्लो समय स्थानीय तह, प्रदेश सरकार र केही प्रतिष्ठानहरुले उम्मेदवारको उमेरहद ३५ राखेर विज्ञापन गरिएपछि सर्वोच्चमा रिट परेको थियो। सरकारलाई विपक्षी बनाई दायर गरिएको मुद्दामा बिहीबार सर्वोच्चले सो आदेश जारी गरेको हो।
स्वास्थ्य सेवा ऐन, २०५३ को दफा १२ मा स्वास्थ्यतर्फ अधिकृतस्तरको पदमा स्थायी नियुक्त हुन २१ वर्ष पूरा भएको र ४५ वर्ष ननाघेको हुनुपर्ने व्यवस्था रहेको छ।
स्वास्थ्य सेवा ऐन, २०५३ को दफा १२ मा स्वास्थ्यतर्फ अधिकृत तहको पदमा स्थायी नियुक्त हुन २१ वर्ष पूरा भएको र ४५ वर्ष ननाघेको हुनुपर्ने उल्लेख छ।
