काठमाडौँ । राष्ट्रिय भलिबल च्याम्पियनशिपको पुरुषतर्फ हेल्प नेपाल क्लब र महिलातर्फको उपाधि एभरेष्ट क्लबले जितेको हात पारेका छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्ड हलमा भएको खेलमा त्रिभुवन आर्मी क्लबलाई हराउँदै पुरुषतर्फको उपाधि हेल्प नेपाल क्लबले जितेको हो । निकै प्रतिष्पर्धात्मक भएको खेलमा हेल्प नेपालले ३–२ ले जित हात पारेको हो ।

त्यसैगरी, महिलातर्फ राष्ट्रिय भलिबल टोेलीकी कम्तान अरुणा शाहीको नेतृत्वमा रहेको एभरेस्ट क्लबले पहिलो पटक उपाधि जितेको हो । एभरेस्ट भलिबल क्लबले पुलिसलाई ३–१ को सेटमा हराएको हो । पहिलो सेट जितेर अग्रता लिएको पुलिसले त्यसपछि लगातार तीन सेट गुमाउन पुग्यो ।

विजेता हेल्प नेपाल र एभरेष्टले पाँच-पाँच लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् भने उपविजेता त्रिभुवन आर्मी र पुलिस क्लबले दुई/दुई लाख रुपैयाँ पुरस्कार पाए ।

आज विहान पुरुषतर्फ गण्डकी प्रदेशलाई हराएर नेपाल पुलिस क्बल तेस्रो भएको छ भने हिजो शुक्रबार भएको महिलातर्फ नेपाल एपीएफ क्लबले चन्द्रागिरि नगरपालिका न्यू डायमन्डलाई पराजित गर्दै तेस्रो स्थान प्राप्त गरेको छ।