काठमाडौँ । नेपालले दुई टी-२० अभ्यास खेलअन्तर्गत आज दिउँसो १ बजे टी-यु क्रिकेट मैदानमा आयरल्यान्ड ‘ए’सँग दोस्रो खेल खेल्दैछ । सोमबार भएको पहिलो खेलमा नेपालले आयरल्यान्डलाई ६ विकेटले हराएको थियो ।

नेपालका तर्फबाट रोहित पौडेल र आयरल्यान्डका तर्फबाट निल रकले कप्तानीको भुमिकामा छन् । आयरल्यान्डको टोलीमा निल रक (कप्तान), पिटर मुर, रस आदिर,केड कार्माइकल, ग्यारेथ डेलानी, स्टीफन डोहेनी, म्याथ्यु फस्टर, फिन हृयान्ड, गेभिन होई, म्याथ्यू हम्फ्रेज, थोसम मेयस, लियाम म्याककार्थी, जेम्श म्याकुलम, मोर्गन टोप्पिङ र बेन हृवाइट छन् जसमा सिनियर टोलीबाट खेलेका ९ खेलाडी यस टोलीमा छन् ।

यता नेपालका लागी रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, अनिल शाह, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जि.सी, अभिनाश बोहरा र आकाश चन्द रहेका छन् जसमा दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल र कुशल भुर्तेल प्रमुख खेलाडीका रुपमा नेपालले अघि सारेको छ ।

अभ्यास खेल हुँदा नेपालले आज बेन्च स्टेन्थ पनि परीक्षण गर्न सक्छ ।