काठमाडौँ । देशका धेरै ठाउँमा आज पनि वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले नेपालमा स्थानीय वायुको प्रभाव रहेकाले देशभर बदली र केही ठाउँमा वर्षा भएको हो । बाग्मती र गण्डकी प्रदेशको पहाडी भेगका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेश, बाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा देशका बाँकी प्रदेशका केही ठाउँमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ । यस्तै उच्च पहाडी तथा हिमाली भेगका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना छ । राति पनि पहाडी भेगका एक, दुई ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
भोलि पनि देशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रहने छ। बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।आइतबारदेखि भने मौसममा क्रमशः सुधार हुने मौसमविदले बताएका छन् ।
