काठमाडौँ । लमजुङको बेँसीशहर–मनाङको चामेको सडक पहिरोका कारण अवरुद्ध भएको छ । मर्स्याङ्दी गाउँपालिका–४ श्रीचौरको लमजुङ र मनाङलाई जोड्ने सडकखण्डमा पहिरो झरेका कारण सडक अवरुद्ध भएको हो ।
पहिरोका कारण गाडी चल्न नसकेको र यात्रु समस्यामा परेका जिल्ला प्रहरी कार्यालय लमजुङले बताएको छ । पहिरो हटाउन डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालयलाई खबर गरिएको र अवरुद्ध सडक खुलाउने प्रयास भैरहेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।
