काठमाडौँ । बढुवा सिफारिस समितिले ७४ जना नायब सुब्बाहरुलाई अधिकृत तहमा बढुवाका लागि सिफारिस गरेको छ । लोक सेवा आयोगको बढुवा सूचना नम्बर सेवा समूह र श्रेणीको रिक्त पदमा जेष्ठता र कार्यसम्पादन मूल्याङ्कनद्धारा हुने बढुवाका लागि समितिको हिजो बसेको बैठकले कर्मचारीहरुको बढुवा सिफारिस गरेको हो ।
सबैभन्दा बढी प्रशासन सेवाका सामान्य प्रशासन समूहका ५० जना नायब सुब्बा तहका कर्मचारीहरुलाई अधिकृत तहमा बढुवाका लागि सिफारिस गरिएको छ भने नेपाल प्रशासन सेवा, लेखा समूहका १४ र नेपाल प्रशासन सेवा, राजश्व समूहका १० गरी एकै पटक ७४ नायब सुब्बा तहका कर्मचारीहरुलाई अधिकृतमा बढुवाका लागि सिफारिस गरेको छ ।
