काठमाडौँ । गायक राजेश पायल राई पक्राउ परेका छन् । मदिरा सेवन गरेर होहल्ला गरेपछि राईसहित आठ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
बिहीबार बिहान करिब २ बजे काठमाडौंको मदन भण्डारी कलेजनजिकैबाट उनीहरूलाई पक्राउ गरी प्रहरी वृत्त नयाँबानेश्वरमा राखिएको काठमाडौँ उपत्यकाका प्रहरी कार्यालयका एआईजी दीपक थापाले जानकारी दिए ।
गायक राई सहितको समूहले मदिरा पिएर होहल्ला गरेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले होहल्ला नगर्न आग्रह गर्दा सरुवा गर्ने धम्की दिएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेकामा तीनजना कलाकार हुन् भने अन्य पाँचजना भने अन्य क्षेत्रका हुन् ।
