काठमाडौँ। केही दिनदेखि तनावग्रस्त रहेको सुनसरीमा हिन्दु र मुसलमान समुदायबीच पाँच बुँदे सहमति भएको छ । शनिबार बसेको सर्वदलीय सर्वपक्षीय बैठक पाँच बुँदे सहमति भएको हो ।

सामाजिक सञ्जालमा हालेको भिडिओलाई लिएर सुरु भएको विवादका कारण शुक्रबार बेलुकाबाट जिल्लाका पाँच वटा स्थानीय तहमा कर्फ्यू जारी गरिएको थियो। आज(शनिबार) बसेको सर्वदलीय बैठकमा दुई समूहबीच पाँच बुँदे सहमति भएको हो।सहमति पछि कर्फ्यू विस्तारै हट्ने सुनसरीका कामु प्रमुख जिल्ला अधिकारी वेदराज फुयालले जानकारी दिए।

जिल्ला प्रशासन कार्यालय सुनसरीले शुक्रबार बेलुकादेखि इनरुवा नगरपालिका, भोक्राहा नरसिंह गाउँपालिका, हरिनगर गाउँपालिका, देवानगञ्ज गाउँपालिका र कोशी गाउँपालिकामा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको थियो ।