काठमाडौँ । त्रिभुवन विमानस्थल भन्सार कार्यालयको प्रमुखको जिम्मेवारी सहसचिव महेश बरालले लिएका छन्। बरालले आइतबारदेखि कार्यालय पुगेर पद सम्हालेका हुन् ।

करिब २ महिनापछि त्रिभुवन विमानस्थल भन्सार कार्यालयले प्रमुख भन्सार प्रशासक पाएको हो । अर्थ मन्त्रालयले सहसचिव महेश बराललाई प्रमुख भन्सार प्रशासकका रुपमा खटाएको छ ।

यसअघि प्रमुख भन्सार प्रशासकमा सरुवा भएका सहसचिव सेवन्तक पोखरेल कार्यालयमा हाजिर हुन आनाकानी गरेपछि अर्थ मन्त्रालयले सहसचिव बराललाई प्रमुख भन्सार प्रशासकका रुपमा खटाएको हो ।

स्रोतका अनुसार पोखरेल करिब ३ दिन विमानस्थल भन्सार कार्यालयमा हाजिर भएका थिए । पोखरेल हाजिर हुन नगएपछि फागुन ६ देखि निरन्तर जसो भन्सार कार्यालय निमित्तकै भरमा चलेको थियो ।

सहसचिव सेवन्तक पोखरेल अहिले आन्तरिक राजस्व विभागमा उपमहानिर्देशकका रूपमा सरुवा मिलाएर गएका छन् ।