काठमाडौँ । पर्वतारोही निर्मल पुर्जा उर्फ ‘निम्स दाइ’ले विश्वका ८ हजार मिटरभन्दा अग्ला शिखरहरुको सफल आरोहण गरी नयाँ कीर्तिमान बनाएका छन् । नयाँ वर्ष अर्थात् बैशाख १ गतेका दिन उनले ८ हजार मिटर अग्ला शिखरको ४४ पल्ट सफल रुपमा आरोहण गरेर, एकै व्यक्तिले धेरै पटक अग्ला शिखर चढ्ने कीर्तिमान बनाएका हुन् ।

वैशाख १ गते बिहान १२ : १५ बजे पर्वतारोही पुर्जाले ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालको चुचुरोमा पुगेर यो कीर्तिमान बनाएका हुन् । निम्स दाइले भने, ‘अब ८ हजार मिटर अग्ला पर्वत आरोहणपिच्छे मेरो रेकर्ड थपिंदै जान्छ ।’ उनले ८ हजार मिटरभन्दा अग्ला १४ वटै शिखरहरुको पटक-पटक आरोहण गरिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *