काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एयर इन्डिगो एयरलाइन्सको विमानको सिटमा एक किलो सुन फेला परेको छ। इन्डिगो एयरको सिट नं. २७ र २८ को पकेट (खल्ती) को तलपट्टी बेवारिसे अवस्थामा कालो र सेतो रङको टेपले बेरिएको अवस्थामा सुन फेला परेको हो।

बुधबार ११ बजे अन्तर्राष्ट्रिय उडानतर्फको आगमन भई भारतको दिल्लीबाट आई वे नं ५ मा रोकिएको फ्लाइट ६ ई ११५१ एयर इन्डिगो एयरलाइन्सको विमानको सिटमा सुन फेला परेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक कृष्णहरि शर्माले जानकारी दिए।

बेवारिसे अवस्थामा भेटिएको सुनमा तीन वटा सिक्री, ६ वटा आयातकार टुक्रा (एउटा सानो र पाँच वटा ठूला बिस्किट), त्रिभुज आकारका दुई वटा टुक्रा र दुई वटा सिक्री जोड्ने रिङ फेला परेको हो। उक्त सुनको कूल अन्दाजी तौल एक किलो ७० ग्राम रहेको छ,’ उनले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *