सोमालियाका २२ जिल्लामा भारी वर्षा र बाढीका कारण लाखौँ मानिस प्रभावित भएका छन् । लगातारको आएको भारी बर्षाका कारण बाढी र डुबानमा परि करिब सात लाख ७० हजार मानिस प्रभावित हुने अनुमान संयुक्त राष्ट्रसङ्घीय मानवीय मामिला समन्वय कार्यालय (ओसिएचए) ले जनाएको छ ।

ओसीएचएले देशका अधिकांश क्षेत्रमा अप्रिल लागेदेखि भारी वर्षा भएको छ । संयुक्त राष्ट्रसङ्घीय एजेन्सीका अनुसार शाबेल र जुबा नदीको छेउछाउका प्राथमिकता प्राप्त स्थानहरूमा मानिसहरूलाई उद्धार गर्न र सहायता प्रदान गर्न र सम्पर्क विच्छेद हुन सक्ने क्षेत्रहरूमा सहायता प्रदान गर्न वा पानीमा डुबेका मानिसहरूलाई बाहिर निकाल्न लगभग ५१ वटा डुङ्गाहरू तयारी अवस्थामा राखिएको जनाएको छ ।

वर्षाले देशभरका पशुपालक र कृषिपशुपालकहरूलाई राहत प्रदान गरेको छ । सोमालियामा यसअघि सन् २०२३ को अक्टोबरदेखि डिसेम्बरसम्ममा बर्षाका कारण १६ लाख मानिस विस्थापित भएका थिए । भारी वर्षा र डुबानका कारण सोमालियामा खाद्य सङ्कट गहिरिएर भोकमरीको समस्या अझ थपिने अनुमान रहेको छ ।