काठमाडौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । बिहीबार दिउँसो बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री कँडेललाई दुई दलका २३ सांसदले विश्वासको मत दिएका हुन् ।

कुल ४० सदस्यीय प्रदेश सभामा आज ३५ जना सांसद उपस्थित थिए । विश्वासको मतको पक्षमा २३ परे भने विपक्षमा ११ र एक मत तटस्थमा परेको छ ।

कर्णाली प्रदेश सभामा नेपाली कांग्रेसका १४, नेकपा माओवादी केन्द्रका १३, नेकपा एमालेका १० जना सांसद छन् । यसैगरी राप्रपा, एकीकृत समाजवादी र स्वतन्त्रका एक/एक सांसद छन् । उनलाई नेकपा एमाले ९ र नेकपा माओवादी केन्द्रका १३ र एकीकृत समाजवादी १ सांसदले कँडेलको पक्षमा मत हालेका छन् ।

कर्णालीमा माओवादीका राजकुमार शर्माले गएको चैत २१ गते राजीनामा दिएपछि उनी चैत्र २७ गते कर्णालीको मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।