काठमाडौँ । बझाङमा मतपेटिका सङ्कलन पूरा भएसँगै मतगणनाका लागि सर्वदलीय बैठक सुरु भएको छ। शनिबार भएको बझाङ प्रदेश सभा सदस्य १ को उपनिर्वाचनको मतगणनाका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सर्वदलीय बैठक सुरु भएको हो।

मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेका अनुसार सर्वदलीय बैठकको सहमतिअनुसार मतगणना सुरु गर्ने भएको हो। मतगणना बझाङ जिल्ला अदालतमा गर्ने तयारी छ । उनले तीन स्थानमा गणना थाल्ने योजना रहेको समेत बताएका छन्। उच्च हिमाली क्षेत्रका मतपेटिका आइतबार हेलिकोप्टरमार्फत सदरमुकाम चैनपुर ल्याएपछि सर्वदलीय बैठक बसेर मतगणना सुरु गर्न लागिएको हो। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *