कर्णाली नदीमा नुहाउन क्रममा एक जना बेपत्ता भएका छन्। मोहन्याल गाउँपालिका–७ कैलालीका ५५ वर्षीय दिलबहादुर शाही कर्णाली नदीमा बेपत्ता भएका हुन् । इलाका प्रहरी कार्यालय, चिसापानीको टोलीले उनको खोजी कार्य सुरु गरेको छ ।

उनी नदीमा बिहीबार दिउँसो १२ बजेर ४० मिनेट तिर बेपत्ता भएका हुन्। चिसापानीको पुलदेखि करिब ७ किलोमिटर उत्तर क्षेत्रको कर्णाली नदीमा बेपत्ता भएका प्रहरीले बताएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *