काठमाडौँ । जापानकी विदेशमन्त्री खामिखावा योको एक दिने भ्रमणका लागि आइतबार काठमाडौँ आइपुगेकी छन् । परराष्ट्र स्रोतका अनुसार उनी दिउँसो करिब १२ बजे त्रिभुवन विमानस्थलमा उत्रिएकी हुन् । उनी श्रीलंकाको कोलम्बोबाट काठमाडौं आएकी हुन् । दक्षिण एसिया भ्रमणपछि उनी जापान फर्कने कार्यक्रम छ ।
विदेशमन्त्री खामिखावाले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग शिष्टाचार भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । उनले सोहि दिन उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग दुईपक्षीय भेटवार्ता गर्ने कार्यक्रम समेत रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
